बाराही मा.वि. र धर्मस्थली आ.वि.मा वडा कार्यालयद्वारा सेनिटरी प्याड वितरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितारण गरेको छ ।

वडामा भएका श्री बाराही मा.वि. र धर्मस्थली आधारभुत विद्यालयमा कुल तीन हजार छ सय चालीस सेनिटरी प्याड वितरण गरेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीका कारण विद्यालयमा अनुपस्थित नहुन र विद्यालयमा भएको समयमा महिनावरी भएमा समस्या नहोस भनि प्याड वितरण गरेको पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद बरालले बताए ।

सामुदायिक विद्यालय प्रति वडा कार्यालयको अझ बडी जिम्मेवारी भएको र विद्यालयमा अध्ययनरत छात्राहरुको स्वास्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड वितरण गरेको वडा सदस्य हरिमाया विश्वकर्माले बताइन् ।

कार्यक्रममा जनप्रतिनिधी, विद्यालयका प्रतिनिधि र स्थानियहरुको उल्लेखनिय सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्