प्रदेश वन निर्देशक श्रेष्ठकाे विदाई 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठ सेवाबाट विदाई भएका छन् ।

नेपाल सरकारको निजामती कर्मचारीको रुपमा तीन दशक विताएका श्रेष्ठकाे प्रदेश वन निर्देशक (अधिकृतस्तर दशौं प्राविधिक) पदबाट सेवा निवृत्त भएपछि शुक्रवार विदाई गरिएकाे हाे ।

श्रेष्ठ गण्डकी प्रदेशकाे वन निर्देशकमा २०७८/१२/२० हाजिर भई झण्डै साढे २ वर्ष कार्यरत रहे ।

वि. सं २०५१ सालमा नेपाल वन सेवाकाे स्थायी पदमा सेवा प्रवेश गरेका श्रेष्ठले जीवनकाे ऊर्जाशिल समय राष्ट्रसेवामा समर्पण गरेका थिए । उनी सामाजिक कार्यमा पनि सकृय छन् ।

श्रेष्ठकाे विदाई कार्यक्रममा बाेल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश (वन तथा वातावरणतर्फ) का सचीव डा. रामचन्द्र कंडेलले राष्ट्रकाे लागि सेवा समर्पण, इमान्दारीता र लगनशीलतासहित सभ्य समाजको विकासमा श्रेष्ठले पुर्याएको अतुलनीय योगदानकाे प्रशंसा गरेका थिए ।

कार्यक्रममा महाशाखा प्रमुखहरु, डिभिजन वन अधिकृत, जलाधार व्यवस्थापनका वरिष्ठ अधिकृत, ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी निर्देशक, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक, वन विउ प्रयाेगशाला तथा भण्डारण केन्द्रका प्रमुख,  तथा कर्मचारीहरु, अन्नपुर्ण संरक्षण क्षेत्रका आयाेजनाका निर्देशक तथा कर्मचारीहरु र कस्केली वन प्राविधिक समाज, पोखरा, नेपाल लगायत वन तथा वातावरण क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्