पोखरा । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्षत्री दिदीबहिनीहरुले पोखरा प्रदर्शनी केन्द्रमा बिचमा रमाईलो भेटघाट गरेका छन् ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीको आयोजना तथा जिल्ला समितिका भातृ समाजहरुको सहकार्यमा कास्की जिल्लाबासी क्षत्री दिदिबहिनीहरुले बिचमा रमाईलो भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराका मुख्य सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमठुख आतिथ्यतामा भएको कार्यक्रममा क्षत्री समाज नेपाल केन्द्रिय कार्यसमिति अध्यक्ष रिवबहादुर थापा, गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपति सुर्य खड्का बिखर्ची वन निर्देशनालय गण्डकी प्रदेशका उपसचिव करुणा कार्की लगायत करिव दुई हजार जना क्षत्री दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्वती जिसी, शंकर थापा जस्ता चर्चित क्षत्री कलाकारहरुको बेजोड प्रस्तुतिले भेटघाटको रौनक बढाएको थियो भने गोर्खाबाट आएका क्षत्री महिलाहरुले बजाएको पन्चेबाजाले सबैलाई नचाएको थियो ।