पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हटाइएका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लागूऔषध विक्री गरेको आरोपमा कास्की प्रहरीले विहिवार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
गत साउन ३ मा लागूऔषधसहित पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम लिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले पठाएको इमेलमा उल्लेख छ ।
पक्राउ परेका प्रकाशको साथमा भएको लागूऔषध TRUPAIN (Tapentadol) ट्याव्लेट ९७ चक्की दिया फार्मेसीबाट किनेको प्रहरी समक्ष बयान दिएपछि फार्मेसी संचालक श्रेष्ठलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । श्रेष्ठ पोखरा ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसी एकल संचालक हुन् ।
पक्राउ परेका श्रेष्ठलाई अनुसन्धानको लागि थप प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।
श्रेष्ठ समानुपातिकबाट सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाइँसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वपाद्वारा पदबाट हटाइएका थिए ।