
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाईते भएकी छन् । मंगलवार विहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ बर्षीय कृष्णकुमारी घर्ती घाईते भएकी हुन् ।
रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले वाँयाहातमा चोट लागेपछि उनलाई उपचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।
उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छन् । उनका अनुसार अहिले चट्याङको कारण वाँया हातले राम्रो काम गरेको छैन र शरिरको एक हर सहनै नसक्ने गरि पोल्दछ ।
धारामा हात धुन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाईकन घर भित्र विस्तरामा पुगेछु उनले भनिन् —’अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको वरन्डामा राखेको मार्वल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भएपनि आराम हुन्छ ।’
रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो रहेको छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षती पुगेको छ ।