
पाेखरा । सर्वप्रथमत: विश्व मुटु दिवसको अवसरमा सचेतना फैलाउन सबैमा अनराेध गर्दछु । विश्व मुटु दिवस प्रत्येक वर्षको सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिन्छ । आज अन्तिम आईतबार हो । यो प्रत्येक वर्ष मिति फरक पर्न सक्छ, तर सेप्टेम्बरको अन्तिम आईतबार नै यो दिवस मनाइन्छ ।
सन १९९९ बाट वल्र्ड हार्ट फेडेरेसन र डब्लुएचओ को सहकार्यमा भैतिक क्रियाकलापको मान्यताका साथ यो विश्व मुटु दिवस मनाउन शुरु गरिएको थियो ।
सानो संगठनबाट शुरु भएको यो कार्यक्रम अहिले विश्वका करिब ९० देशमा मनाइदै आइएको छ । २०२४ को लागि विश्व मुटु दिवसको नारा ‘युज हार्ट फर एक्सन’ हो ।


यसको मुख्य उद्देश्य हाम्रो मुटुलाई कसरी मुटुका रोगहरुबाट बचाउन सकिन्छ भन्ने हो । भोकि क्रियाकलाप, खानपिन, रहनसहनको राम्रो ख्याल गर्ने, तनाव कम गर्ने, कोर्लस्ट्रोलको मात्रा, प्रेसरको मात्रा विभिन्न किसिमका रोगहरु जसले मुटुलाई आक्रमण गर्छन्, ति रोगहरुबाट कसरी हामी बच्न सक्छौं भन्ने कुरा केन्द्रभागमा राखेर विश्व मुटु दिवस मनाउने गरिन्छ ।
तथ्याङ्क अनुसार मुटु रोग र हार्ट अट्यक ४० वर्ष देखि माथिकामा देखिन्छ । अन्य रोगहरु जन्म जात रुपमा पनि आउन सक्छन् । तर विशेषता जुन रोगहरुबाट बच्न सक्छौं ति रोगहरु ४० वर्ष उमेर पछिका मनिसहरुमा हुने गर्दछ ।
अहिलेको खानपिन, रहन सहन, जीवनशैली परिर्वतन भएकोले ३०/३५ वर्षको उमेर समुहका २८ वर्ष अझै भन्दा हामीले २२ वर्ष उमेरको मानिसलाई पनि हामीले हृदयघात उपचार गरिरहेका छौं । त्यसकारण यो उमेर चाँहि अगाडी अगाडी सरिरहेको छ ।
मुटुरोग दिवस आज एक दिन मनाएर मुटु स्वस्थ राख्न सकिदैन,हुदैन । हामीले के सोच्न पर्छ भने प्रत्येक दिन मुटुरोग दिवस हो । प्रत्येक दिन मुटु स्वस्थ राख्नका लागि उचित जीवनशैली, स्वस्थकर खाना खाने र विकार चिज चुरोट रक्सी सुर्तिजन्य बस्तुको सेवन त्याग्नु पर्छ ।
तनाव कोर्लस्टोरको मात्रा, प्रेसर यि सबै चिजहरुले गर्दा मुटुको दीर्घ रोग हुने र दीर्घ रोग मुटुको भई सके पछि पुन पुराने अवस्थामा नफर्किने कारणले गर्दा रोग लागेर उपचार गर्नु भन्दा लाग्नै नदिनु राम्रो हुन्छ ।
प्रत्येक वर्ष १ करोड ७० देखि ८० लाख मानिसकाे मुटुरोगबाट मृत्यु हुने गर्दछ । यसको ८० प्रतिशत संख्या गरिब र अविकसित राष्ट्रहरुका मानिस हुन ।
आज पाेखराकाे जिराे किलाेमिटरमा रहेकाे रिजनल हस्पिटलले जनचेतनामुलक कार्यक्रम गरि मुटु दिवस मनाईएकाे छ । साथै हस्पिटलले जिरो कि.मी.बाट बुलाैदि, जरेबर र फिर्के परिक्रमा गरि सचेतना र्याली समेत गरेकाे छ ।