सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औं बार्षिक साधारण सभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०६३ देखि संचालनमा आएको सहकारीले सामुदायिक रेडियो १०४.६ मेगार्हजको प्रशारण संगै शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागी बचत ऋण को कारोबार मार्फत २ अर्ब २२ करोड, कुल कारोबार सहित संस्थाको पुजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

एकताबद्ध सहकारीलाई जोड दिदै दिगो व्यवस्थापन समयको मुल्याङकन सहित परिणाम देखाउन र सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरिएको थियो ।

सभाको शुभारम्भ गदै पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी ले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकाससंगै सबैको साथ सहयोगको लागि आहवान गरेका थिए ।

साधारण सभाले अधक्ष्य कृष्णबहादुर थापाद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन, सचिव कुल प्रसाद सुवेदीबाट प्रस्तुत संस्थागत एंव प्रस्तावित प्रतिवेदन ,कोषाध्यक्ष राम मणि पौडेलबाट प्रस्तुत आथिक, लेखा परिक्षण प्रतिवेदन , लेखा संयोजक शिब बहादुर बानिया बाट प्रस्तुत लेखा प्रतिवेदन, सहसचिव माया कुमारी शर्माबाट प्रस्तुत कर्जा असुली प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाबाट प्रस्तुत संस्थागत प्रतिवेदनलाई पारित गरेकाे छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी , कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहित राज वास्तोला ,अधिवक्ता गोबिन्द पौडेल , प्रेम गीरी ,उपाध्यक्ष बसन्त बहादुर बानिया, संस्थाका सदस्य तारा थापा लगायत शेयर सदस्यहरुले आ आफ्नो धाराणा राखेका थिए ।

संस्थामा उत्कृष्ठ कारोबार, बचत कर्जा नियमित जेष्ठ सदस्यका उत्कृष्ठता हासिल गरेका छोराछोरीहरुलाई सम्मान गरीएको थियो ।

संस्थाले सहकारी ऐन नियम अनुसार संस्थागत रहि सामाजिक उत्तरदायित्वका विविध सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु गदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्