माग्दै हिड्ने भारतीय नागरिककाे व्यवस्थापन गर्न पाेखरा महानगरलाई टानकाे अनुराेध

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पर्यटकीय नगरी पाेखराकाे लेकसाइड क्षेत्रमा भारतीय नागरिकहरुले मागेर हैरान पारेपछि  ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले पाेखरा महानगरपालिकालाई माग्दै हिड्ने भारतीय नागरिककाे व्यवस्थापनकाे लागि  अनुराेध गरेकाे छ ।

बुधवार महागरपालिकामा अनुराेधपत्र बुझाउँदै टानले केहि भारतीय नागरिकहरुले पर्यटन व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गरि स्थानीय व्यवसायी तथा लेकसाइड घुम्न आउने पर्यटकहरुसँग माग्दै हिडेर आक्रान्त पारिरहेकोप्रति संस्थाको ध्यानाकर्षण भएको जनाएकाे छ  ।

भर्खरै मात्र पर्यटकीय सिजन भित्रिदै गरेको अवस्थामा उनीहरुले व्यवसायी र पर्यटकसँग जवर्जस्ती पैसा माग्ने, अनावश्यक दुःख देखाई पर्यटकहरुलाई भावनात्मक पिडा दिइरहेकाे पत्रमा उल्लेख छ ।

 यस्ता गतिविधीले विश्व सामु नेपालको बदनाम हुने साथै पर्यटक आगमनमा समेत नकारात्मक असर पर्ने भएकाले माग्दै हिड्ने भारतीय  नागरिककाे उचित व्यवस्थापन गरि पर्यटकीय राजधानी पोखराको साख जोगाउनका लागी टानले महानगरपालिकासंग अनुराेध गरेकाे हाे ।

टान गण्डकी प्रदेशमा रही पश्चिम नेपालको पदयात्रा पर्यटनको प्रवर्द्वन र विकासमा सर्मपित र पदयात्रा क्षेत्रको मेरुदण्ड हाे । याे पदयात्रा पर्यटनको प्रमुख हिस्सा ओगटेको पदयात्रा कंम्पनिको साझा संस्था हाे ।

टान गण्डकीले पदयात्रा मर्यादित बनाउन र व्यवसायलाई क्रियाशिल बनाउन सधैं अग्रढी भूमिका निर्वाह गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्