लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 

काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।

टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्