शिक्षामन्त्री भट्टराइद्वारा कार्यालयहरूको आकस्मिक  निरीक्षण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटटराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहिबार  आकस्मिक निरीक्षण गरेकी छन् ।

विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी हुन् ।

निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको  कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिईन् ।

सो अवसरमा मन्त्री भट्टराइले   चिकित्सा शिक्षा आयोग , मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध  काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी छन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले  अनुसन्धान लाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई  कार्यान्वयन गर्नका निम्ति  योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिईन् ।

निरीक्षणपछि उनले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका स्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुंचमा पुर्याई विशेषतः कक्षा १० र १२को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराए ।

प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित  हुन कर्मचारीलाई आग्रह  गरिन् ।

कार्यालय निरीक्षणका क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो  बारेमा पनि मन्त्री भट्टराइले चासो राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्