पोखरा चाइल्ड स्टार सिजन-३ का विजेता कृष्मा र आश्रय

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा चाइल्ड स्टार सिजन-३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन्। शनिबार पोखरा उद्योग वाणिज्य संघ सभाहलमा आयोजित ग्राण्ड फिनालेमा बाल प्रतिभाको प्रोत्साहन र प्रस्फुटन गर्ने उद्देश्यले सम्पन्न भएको यस प्रतियोगितामा विभिन्न अवार्डहरू समेत वितरण गरिएको थियो।

मिस पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा सिर्जना आवासीय माविकी छात्रा हुन्, जबकि मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि स्टेप बाई स्टेप स्कुलका आश्रयले जिते। यसै क्रममा, ऋषभ राना फस्ट रनर अप भएका छन् र उनले इन्टेलेक्चुअल अवार्ड पनि जिते। मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन्, जसले मल्टिट्यालेन्ट अवार्ड पनि प्राप्त गरिन्। मन्जिता खत्री सेकेण्ड रनर अप र आर्या बराल थर्ड रनर अप भए, जसले एक्सप्रेस क्वीन अवार्ड जितिन्।

अवार्ड वितरणमा अन्य कयौं प्रतिभाहरूलाई पनि सम्मानित गरियो। रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जिते।

यस वर्षको प्रतियोगितामा निर्णायकको भूमिका पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ. अनिल ढुंगाना र माया गुरुङले निर्वाह गरे। कार्यक्रमको संचालन नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले गरेका थिए, जसले स्वयं कोरियोग्राफी पनि गरेका थिए।

नन्द इन्टरटेनमेन्ट हाउसले बाल प्रतिभा र क्षमता अभिवृद्धिका लागि यस प्रकारका विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। गत महिना संस्थाले गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन-५’ पनि सफलतापूर्वक सम्पन्न गरेको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्