पोखरा । नेपालमा अझै पनि प्रचलित बोक्सी प्रथाको समस्या आजको समाजमा एक गम्भीर चुनौतीको रूपमा रहेको छ। यसप्रति जनचेतना फैलाउनका लागि धनश्याम लामिछाने द्वारा निर्देशित सिनेमा अग्निदहन एक महत्त्वपूर्ण कदम सावित भएको छ।
यो सिनेमाले बोक्सीको आरोपमा महिला माथि भइरहेको दमन र अपहेलनाको कथा प्रस्तुत गर्दछ, जसले हाम्रो समाजको वेथालाई उजागर गर्छ।
सिनेमा महिला अधिकारको सन्देश प्रवाह गर्न खोजिएको छ र यसले बोक्सीको आरोप लगाउने सामाजिक कुप्रथा हटाउनका लागि जनचेतना जगाउने उद्देश्य राख्छ। पोखराबाट निर्माण भएको र पोखराकै कलाकारहरूद्वारा अभिनित यस सिनेमामा, समाजमा व्याप्त यस प्रकारका समस्याहरूलाई कडा प्रहार गरिएको छ।
हामीलाई आफ्नो समाजको यस्ता कुप्रथाहरूको याद आउँछ जसले महिला अधिकार र समानताको पक्षमा ठूलो अवरोध खडा गरेका छन्। अग्निदहन सिनेमाले बोक्सी प्रथा हटाउनका लागि जनचेतना फैलाउने र यसको विरोधमा समाजलाई सशक्त बनाउने सन्देश दिएको छ।
सिनेमा मा अभिनय गरेका कलाकारहरूको योगदान अत्यन्त महत्त्वपूर्ण छ। प्रकाश घिमिरेको जीवन्त अभिनय, प्रमिला तुलाचनको अपहेलित बोक्सी पात्रको प्रस्तुति, माओत्से गुरुङ र अनुपमा भण्डारीका अभिनयले सिनेमालाई बलियो बनाएको छ। लोकदोहोरी गायिका तुलासी क्षेत्रीको भूमिका पनि अत्यन्त प्रभावशाली छ। सीमित बजेटमा निर्माण भएको यस सिनेमामा केहि कमीकमजोरीहरू पनि छन्, तर यो सिनेमाले दर्शकको सोचमा परिवर्तन ल्याउन सक्ने क्षमता राख्छ। घनश्याम लामिछाने द्वारा निर्देशित यस सिनेमा ले पनि कलाकारहरूको उत्कृष्ट प्रदर्शन र कथा प्रस्तुतिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
अग्निदहन सिनेमा मात्र मनोरञ्जनको साधन नभई, बोक्सी प्रथा र यससँग जडित सामाजिक कुप्रथाहरूको विरुद्ध एक ठोस कदम हो। यो सिनेमा हेर्नाले समाजमा परिवर्तन ल्याउने सन्देश दिन्छ र हामीलाई बोक्सी प्रथाको अन्त्य गर्नका लागि एकजुट हुने प्रेरणा प्रदान गर्छ।
दर्शकहरूको प्रतिक्रिया:
अग्निदहन सिनेमा महिलको अधिकार , समानताको पक्षमा निकै सशक्त सन्देश दिन्छ र बोक्सी प्रथा जस्तो सामाजिक कुप्रथा विरुद्ध यस्तो सिनेमाले हाम्रो समाजलाई सोच्न बाध्य बनाउँछ भनेर दर्शक आशिका काफ्लेले बताए । यो प्रथा हटाउनका लागि यो सन्देश एकदम राम्रो छ, र हामी सबैलाई एकजुट भएर यसको अन्त्यका लागि काम गर्नुपर्छ भनेर काफ्लेले बताए ।
“बोक्सी प्रथामा आधारित यो सिनेमा निकै प्रभावशाली छ। यसले न केवल मनोरञ्जन दिएको छ, बरु हामीलाई सामाजिक कुप्रथाका बारेमा सचेत बनाएको छ” दर्शक श्रीशान्त अधिकारी बताउँछन्। सिनेमाको अभिनय र निर्देशन पनि उत्कृष्ट छ। यो प्रथा हटाउनका लागि यो सन्देश अत्यन्त महत्त्वपूर्ण छ। समाजलाई परिवर्तनको आवश्यकता छ, र अग्निदहन ले त्यो परिवर्तन ल्याउनको लागि एउटा बलियो कदम उठाएको छ अधिकारी बताउँछन्।
अग्निदहन सिनेमा हाम्रो समाजको गहिरो समस्यालाई उजागर गर्दछ , यो प्रथा हटाउनुपर्छ र यस सिनेमाले यसका विरुद्ध सशक्त सन्देश दिएको छ दर्शक उपकार घले बताउँछन् । यसले हामीलाई सोच्न र बोक्सी प्रथाको अन्त्यका लागि एकजुट हुन प्रेरित गरेको छ। यस्तो सिनेमाले हाम्रो समाजमा यथार्थपरक विचार ल्याउन मद्दत पुर्याउँछ घले बताउँछन्।
यो सिनेमा साँच्चिकै प्रभावशाली छ, बोक्सी प्रथा हटाउनका लागि यो सिनेमा हामीलाई नयाँ दृष्टिकोण दिन्छ दर्शक सञ्चिता जोशी बताउँछिन् । यसले समाजलाई जागृत गराउनका लागि अत्यन्त ठूलो योगदान पुर्याउँछ, र हामी सबैले यो सन्देशलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ जोशी बताउँछिन्।