
पाेखरा । असहाय बाल उपकार संघद्वारा पोखरा-२५, हेमजामा सञ्चालित बालगृहमा बाल क्लब गठन भएको छ। क्लबको अध्यक्षतामा कृष्ण थापा सर्वसम्मति चयन भएका छन्।
क्लवकाे उपाध्यक्षमा दुर्गा बहादुर थापा(सुमित), सचिवमा अमृता परियार, काेषाध्यक्षमा सुरेश थापा र सहसचिवमा सरस्वती अधिकारी (अप्रजिता) चयन भएका छन् ।
यस्तै सदस्यहरूमा अर्थता कुईकेल, छोयसाङ तामाङ, उन्नती थापा र कृची श्रेष्ठ चयन भए ।
बाल क्लव मार्फत सार्थक बाल सहभागिता सुनिश्चित गर्नका लागि बालगृहमा पहिलाे पटक बाल क्लब गठन गरिएकाे असहाय बाल उपकार संघ, बालगृह पाेखरा २५ हेमजाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठले बताए ।
संस्थाका प्रशासन तथा लेखा अधिकृत सन्जु बज्राचार्यले बाल क्लबका विभिन्न कार्यक्रमले बालबालिकाले आफुलाई सजक, बुझक र भविष्यमा नेतृत्वदायी भुमिका निर्वाह गर्न पहिलो कदम चालेकाेमा सबै पदाधिकारीहरूलाई बधाई दिईन्।
कार्यक्रममा सभाध्यक्ष तथा असहाय बाल उपकार संघका सचिव रेजिना श्रेष्ठ जोशले बालबालिकालाई विभिन्न कार्यक्रमहरू राख्न र सिकाईका कार्यहरूलाई निरन्तरता दिँदै गर्दा बालबालिकाभित्र विस्तारै क्षमता अभिबृद्धि हुने बताईन्।