भलामस्थित कालिखोला सेतीदोभान झोलुङ्गे पुलको शिलान्यास

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित कालिखोला सेतिदोभान जोड्ने झोलुङ्गे पुलको बुधबार शिलान्यास गरिएको छ ।

पुलको शिलान्यास गर्दै प्रमुख अतिथि वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर खत्रीले विकासका लागि सबैले हातेमालो गरी अगाडि बढ्न वडाबासीलाई आग्रह गर्नुभयो ।

विकासका लागि आफूले कुनै राजनीतिक पूर्वाग्रह नराखी वडाको विकासका हिडेको बताउँदै यस झोलुङ्गे पुल बनेसँगै दाहसंस्कारका लागि घाटमा जानका लागि हाल भइरहेको समस्या टर्ने बताउनुभयो ।

झोलुङ्गे पुल बनेपछि साविक भलाम १, २, ६, ७, ८ र ९ नं. वडाका लागि घाटसम्म जान आउन सहज हुनेछ । नौलो घुम्तीको प्राविधिक सहयोग रहेको पुलको कुल बजेट ५३ लाख रहेको समितिका सचिव रेशम खत्रीले बताउँदै पुल माघ मसान्तसम्म सम्पन्न हुने जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडाबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्