
पोखरा । नेपाल रेडक्रस सोसाइटी, पोखरा–९ उपशाखाको ३१औं साधारण सभा तथा नवौं अधिवेशनले पुनः राजेन्द्र पहारीलाई सभापतिमा चयन गरेको छ। सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमितिमा उपसभापतिमा लक्ष्मी पहारी, सचिवमा बासुदेब तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा संजय आचार्य र उपकोषाध्यक्षमा कृष्ण बहादुर रानाभाट चयन भएका छन्। सदस्यहरुमा शेष नारायण पौडेल, शम्भुलाल श्रेष्ठ, हिरा घले, रुपा केसी र दिलमाया गुरुङ रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले रेडक्रसको मानवीय सेवाका कार्यप्रति वडाले उच्च प्राथमिकता दिने बताए। उनले विपद व्यवस्थापन र विपन्न परिवारलाई राहत प्रदान गर्ने कार्यमा रेडक्रससँग सहकार्य गर्न वडा तयार रहेको प्रतिवद्धता जनाए।
यस अवसरमा वडाका सदस्यहरु नन्दराम गिरि, गीता चम्रकार, गण्डकी प्रदेश रेडक्रस अध्यक्ष सूर्यप्रसाद ढकाल, जिल्ला कोषाध्यक्ष सन्तोष अधिकारी, भवन निर्माण उपसमिति अध्यक्ष शम्भुलाल श्रेष्ठ, साहारा बालआश्रमका अध्यक्ष विक्रम थकाली लगायतले मन्तव्य व्यक्त गरे।
सभामा सचिव बासुदेब तिम्सिनाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तम जोशीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरियो। कार्यक्रममा भवन निर्माणमा योगदान गर्ने, संस्थापक, विशिष्ट सदस्य र आजीवन सदस्यलाई सम्मान गरिएको थियो।
सभापति राजेन्द्र पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राममाया मानन्धरले र सञ्चालन काबा सचिव बासुदेब तिम्सिनाले गरेका थिए।