५१ फरार अभियुक्त पक्राउ गरी अदालतमा पेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १ देखि ३० गतेसम्मको अवधिमा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका ५१ अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

पक्राउ परेकामध्ये ४१ जना पुरुष र १० जना महिला रहेका छन्। प्रहरीले पक्राउ परेकाहरूबाट ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र रु. ६१ लाख २३ हजार ६ सय जरिवाना असुल्नका लागि अदालतमा उपस्थित गराएको छ।

पक्राउ परेकाहरूमा चेक अनादर मुद्दाका ३३ जना, बैंकिङ कसूरका ६ जना, लागू औषध मुद्दाका ३ जना, चोरी मुद्दाका २ जना, लिखत सम्बन्धी मुद्दाका २ जना, लेनदेन बिगो मुद्दाका २ जना, बाल यौन दुरुपयोग मुद्दाका १ जना, बालबालिका विरुद्धको कसूरका १ जना, र सवारी ज्यान मुद्दाका १ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्