पूर्वराष्ट्रपति भण्डारीसमक्ष क्षेत्री समाजले राख्यो जातिय आरक्षण खारेजीको माग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारीसमक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र समाजको भूमिका सशक्त रहेको बताईन् । उनले देशलाई सबै जातिको साझा बनाउन सदभाव कायम गराउन समाजले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।

भेटका क्रममा क्षेत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्णबहादुर थापाले समाजले अगाडी सारेको राष्ट्रियता जातीय सदभाव सम्वन्धमा पनि जानकारी पूर्वराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भेटमा क्षेत्री समाजका केन्द्रिय अध्यक्ष रिवबहादुर थापाले पूर्वराष्ट्रपतिले नागरिक विधेयकमा खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिए ।

सो भेटमा समाजका केन्द्रिय पदाधिकारी, प्रदेश र जिल्लाका महासचिवहरु, सांसद भीम कार्की र पूर्व सांसद कृष्णबहादुर थापा लगायतको समेत उपस्थिती रहेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्