बुढिबजार व्यापारिक समितिको अध्यक्षमा वजगाईं चयन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को व्यापारिक केन्द्र बुढिबजारमा रहेका व्यवसायीहरूको साझा संस्था बुढिबजार व्यवसायी समितिले आफ्नो १०औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ। सभाले सर्वसम्मत निर्णयबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको अध्यक्षमा आनन्द वजगाईं चयन भएका छन्। उपाध्यक्षमा कुशराज तिमिल्सेना, सचिवमा सुमित्रा वञ्जरा, सहसचिवमा किसन थापा, र कोषाध्यक्षमा अविनास दाहाल चयन भएका छन्। समितिको सदस्यमा समिप कुँवर, शुसिला सिग्देल, विष्णु सुनार र प्रभा गौतम रहेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले साना व्यवसायीहरूको समस्या समाधान गर्न संघले निरन्तर आवाज उठाइरहेको उल्लेख गरे। उनले सरकारी नीति तहमै सुधार गर्दै व्यवसायिक हक हितको संरक्षण गर्न आवश्यक रहेको बताए।

पूर्वअध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), महासचिव जानुका अधिकारी, र निर्वाचन संयोजक जगन्नाथ तिमिल्सेनालगायतले व्यवसायिक एकताको महत्त्वमा जोड दिएका थिए।

उनीहरूले व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न सबै व्यवसायीहरू संगठित हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले बुढिबजार क्षेत्रलाई व्यवस्थित र थप व्यावसायिक वातावरण बनाउन समिति सफल हुने विश्वास व्यक्त गरे।

नवगठित समितिले व्यवसायीहरूको हक र हितका विषयमा विशेष योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्