एक सय चार वर्षीय बाँस्तोला सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुह पोखरा १६ को तिसौ साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार बर्षीय भिमाकुमारी बाँस्तोलालाई सम्मान गरिएको छ ।

प्रत्येक बर्ष साधारण सभामा वन समुह भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उनीँ लगायत ८५ वर्षीय ढाटी बस्नेत र ८१ वर्षीय मिनबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले वन समुहका जेष्ठनागरिकलाई दोसल्लो ओढाएर सम्मान गर्दै वन समुहले वन तथा वातावरणको संरक्षणसंगै समाजको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

वन कार्ययोजना र विधानको पूर्णरुपमा पालना गर्ने हो भने वन पैदावार उपयोगमा कुनै पनि समस्या नपर्ने बताउँदै उनले मुलुकको वन क्षेत्रलाई समृद्धिसंग जोड्ने खालका उद्यम सञ्चालन गर्न सरकारको ध्यान जानुपर्ने आवश्यकता औल्याए ।

महासंघ गण्डकी प्रदेशका सदस्य एवम् समुहका सल्लाहकार जितबहादुर बस्नेतले सहरको नजिक रहेको हुँदा चोरीशिकारीबाट वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको बताए ।

समुहका अध्यक्ष रमेश वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिनु वस्नेत, कोषाध्यक्ष झलक बहादुर बस्नेत, निलबहादुर बस्नेत रमेश बहादुर वस्नेत लगायतले संरक्षण गरेको वनलाई उपयोग गर्ने नीतिको खाँचो औल्याए ।

कार्यक्रममा लुकीछिपी दाउरा चोरी गर्ने स्थानीय छ जनालाई आगामी दिन प्रवेश नगर्ने सर्तमा जफत गरिएका हसिया फिर्ता गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्