फुलबारी क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ८८ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा-११ स्थित फुलबारी क्लबले शहीद दिवसको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र बास्तोलालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

स्वास्थ्य र समाजसेवाका लागि आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष ढकाल, पोखरा-११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यलगायत वक्ताहरूले रक्तदानको महत्व औंल्याउँदै यसले मानिसलाई शारीरिक रूपमा स्वस्थ राख्न सहयोग पुग्ने बताएका थिए।

फुलबारी पार्कमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षता रहेको थियो। क्लबका सचिव युवराज बास्तोला गान्धीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष जनार्दन बास्तोलाले उपस्थित अतिथि तथा रक्तदाताहरूलाई स्वागत गरेका थिए।

कार्यक्रम संयोजक सबिना बास्तोला आचार्यको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्रका साथै क्लबको लोगो अंकित टी-शर्ट प्रदान गरिएको थियो। समाजसेवामा सक्रिय फुलबारी क्लबले रक्तदानजस्ता विभिन्न समाजिक सेवा कार्यहरू गर्दै आइरहेको छ।

फुलबारी क्लबले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा खेलकुदजस्ता विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। समाजिक हितका गतिविधिहरूमा सक्रिय क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्