खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन, पौडेल अध्यक्षमा चयन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आकर बसोबास गर्ने खौलाबासीहरूको हित र खौलालाँकुरीको समग्र आर्थिक तथा सामाजिक विकासका लागि ‘खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज’ गठन गरिएको छ।

शनिबार सम्पन्न भेलामा खौलालाँकुरीबाट काठमाण्डौमा बसोबास गर्न आएका विभिन्न पेशा र व्यवसायमा संलग्न खौलाबासीहरूले एकत्रित भएर समाजको गठन गरे। यस अवसरमा युवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। समाजको उद्देश्य भनेको खौलालाँकुरी क्षेत्रको समग्र विकास र यहाँका बासिन्दाको हितमा काम गर्नु रहेको अध्यक्ष पौडेलले बताएका छन्।

समितिको सचिवमा टिका कार्की र कोषाध्यक्षमा लोकराज सुवेदी नियुक्त भएका छन्। समितिका सदस्यहरूमा किर्तिनाथ सुवेदी, झलक चालिसे, होमनाथ सुवेदी, कुलप्रसाद चालिसे, निलकण्ठ चालिसे, खगेन्द्र सुवेदी, रामचन्द्र सुवेदी, अनिल सुवेदी, अमृत सुवेदी, सन्तोष सुवेदी, अर्जुन सुवेदी, यज्ञप्रसाद सुवेदी, कुलबहादुर क्षेत्री, दिपेन्द्र चालिसे लगायतका व्यक्तिहरू रहेका छन्।

समाजको कानूनी सल्लाहकारको जिम्मेवारी हिराबहादुर कार्कीले सम्हाल्ने छन्।

समाजले आगामी दिनमा बृहत् भेलाहरू आयोजना गरेर समाजलाई व्यवस्थित बनाउने र खौलालाँकुरीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्य राखेको छ। यसका लागि सरकारी र गैर-सरकारी क्षेत्रसँग समन्वय गरेर विकासका कार्यमा पहल गरिने बताइएको छ।

युवराज पौडेलले समाज गठनको मुख्य उद्देश्य सामाजिक र सांस्कृतिक पहिचानलाई बचाउनु र खौलालाँकुरीको समृद्धि सुनिश्चित गर्नु रहेको बताए।

समाजको गठनले काठमाण्डौमा रहेका खौलाबासीहरूको एकता र सामूहिक विकासमा नयाँ मोड ल्याउने विश्वास गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्