सल्युट गाेर्खाकाे रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखराकाे चाउथेमा प्रधान कार्यालय रहेकाे सल्युट गाेर्खा ट्रेनिङ सेन्टरले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएकाे छ ।

सल्युट गाेर्खाले आफ्नाे १६ ओैं वार्षिकाेत्सव तथा १७ ओैं स्थापना दिवसकाे अवसरमा साेमबार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीले प्राविधिक सहयाेग गरेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि भूपु सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशका अध्यक्ष सत्यराज सापकाेटाले सल्युट गाेर्खाले लाहुरे भर्तिका लागि गरिरहेकाे कार्यकाे प्रशंसा गर्दै आफू भर्ति भएकाे समयकाे अनुभव सेयर गरेका थिए ।

उनले गण्डकी प्रदेशका ११ जिल्लाका लाहुरेका छाेराहरुलाई ट्रेनिङ गर्ने वातावरण बनाउन सल्युट गाेर्खालाई अनुराेध गरे ।

अध्यक्ष सापकाेटाले रक्तदान अमुल्य सेवा तथा धर्म भएको बताउँदै प्रत्येक स्वस्थ व्यक्तिले स्वस्फुर्त रुपमा रक्तदान गर्न सुझाए ।

कार्यक्रममा सामाजिक अभियान्ता सुस्मा पाैडेल, लायन्स क्लव अफ पाेखराका अध्यक्ष कृष्ण जिसी,सल्युट गाेर्खाका प्रशिक्षक शिवराज सुवेदी, संस्थाका चिफ इन्स्टेक्टर कृष्णबहादुर आले, युआरएलका प्रवन्ध निर्देशक गणेश प्रसाद काेइराला लगायतले सामाजिक कार्यक्रममा सकृय रहेकाे सल्युट गाेर्खा सल्युट गर्न लायक संस्था भन्दै प्रशंसा गरे ।

सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि. ले अन्तराष्ट्रिय स्तरको आफ्नै तालिम मैदान सहित सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरेको छ भने सम्पूर्ण तालिम, तयारी कक्षा तथा छात्रवास आफ्नै क्याम्पभित्र सञ्चालन गर्दछ ।

सल्युट गाेर्खाका सञ्चालक राहुल पाण्डेले देशकै नमुना भर्ति तालिम केन्द्रका रुपमा विस्तार एवं व्यवस्थापन भईरहेको  तालिम केन्द्रले गोर्खा भर्तिको मौका पारेर केहि व्यक्ति तथा तालिम केन्द्रहरुले गर्ने आर्थिक चलखेल, लेनदेन र दिईने झुटा आश्वासन विरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै यस तालिम केन्द्रले गरिव, जेहेन्दार एवं अनुशासित प्रशिक्षार्थीहरुलाई विशेष छुट एवं छात्रवृत्ति प्रदान गर्दै आएको उनकाे भनाई छ ।

सल्युट गाेर्खाले करिव चार सय जनालाई व्रिटिस आर्मी र सिंगापुर पुलिस साथै करिव छ सय जनालाई इण्डियन आर्मीमा भर्ति गराउन सफल भएको सञ्चालक पाण्डेले जानकारी दिए ।

सन् २००९ मा पोखरामा स्थापना भएको यस ट्रेनिङ्ग सेन्टरका शाखाहरु काठमाडौ, ललितपुर, दाङ, बुटवल र चितवन  गरी ५ जिल्लामा सन्चालनमा छन् ।

सल्युट गाेर्खा स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगायत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।

सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि.ले सन् २०२२/२०२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२/२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्ड समेत प्राप्त गरेको छ । यसका साथै  ट्रेनिङ सेन्टरका सञ्चालक राहुल पाण्डे योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ बाट पनि सम्मानित भएका छन् ।

सल्युट गोर्खाले निःशुल्क प्रि–मेडिकल चेक एवं आवश्यक परामर्श दिंदै आएको छ । साथै सल्युट गोर्खा एप डाउनलोड गरेर गोर्खा भर्ति सम्बन्धि किताव, सम्भावित प्रश्नपत्र तथा विभिन्न अनलाइन सेवाहरु निःशुल्क उपयोग गर्न सकिन्छ ।

भर्ति हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुक/युट्युब) मार्फत वा यस तालिम केन्द्रको कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ । यस संस्थाले भर्तिको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।

सल्युट गोर्खामा अहिले पनि शारीरिक तालिमका साथै शैक्षिक एवं अन्तर्वार्ता तयारी कक्षा सञ्चालन समेत भईरहेको छ ।सल्युट गाेर्खामा अहिले १०० जना बढिले प्रशिक्षण लिईरहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्