ज्येष्ठ नागरिक सरोकार समाजद्वारा प्रेस रजिस्ट्रार भण्डारी पुरस्कृत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पाेखराले  गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीलाई पुरस्कृत गरेेकाे छ ।

शुक्रबार सम्पन्न ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पाेखराको बाह्रौ वार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा भण्डारी ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएकी हुन् ।

विगत २४ वर्षदेखि निरन्तर पत्रकारिताका क्रियाशिल रहदा भण्डारीले जेष्ठ नागरिकका हक अधिकार सवालमा पत्रकारितामार्फत पुर्याएकाे याेगदानकाे कदर गर्दै ज्येष्ठ नागरिक सरोकार समाजले भण्डारीलाई नगद र दाेसल्लासहित पुरस्कृत गरेकाे हाे ।

उनी केहि समय अगाडी मात्र गण्डकी प्रदेशकाे पहिलो महिला रजिष्ट्रार भएकी हुन् । भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी निवर्तमान अध्यक्ष समेत हुन् ।

कार्यक्रममा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले ज्येष्ठ नागरिकहरुको माझमा पुरस्कृत हुन पाउदा खुसि लागकाे बताउँदै ज्येष्ठ नागरिहरुको आवाजका निम्ति आफ्नो क्षेत्रबाट सदैव सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन् ।

 कार्यक्रममा भण्डारीसँगै समाजमा उत्कृष्ट योगदान पु¥याएका जेष्ठ नागरिकहरु र बुहारीहरुलाई समेत सम्मान गरिएको छ ।

 सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयकी महाशाखा प्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कुसुमकेशव पराजुली, कृष्णप्रसाद बास्ताेला, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा महानगर पालिका ६ का अध्यक्ष विष्णु बहादुर भटराई, गणेश बहादुर श्रेष्ठ, कुशुम केशव पराजुली, गिरीधारी सुवेदी, शिव बहादुर कार्की, पिताम्बर नेपाली, विष्णु प्रसाद भण्डारी, हेरम्बप्रसाद कोइराला, नारायण प्रसाद सुबेदी र दुर्गा प्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका महासचिव विष्णुप्रसाद पाैडेलले समाजकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रामजीप्रसाद पाैडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जेष्ठ नागरिक आवाज अंक ११ बिमोचन समेत गरिएकाे कार्यक्रम ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्