रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज श्रेष्ठ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको हालै सम्पन्न अधिवेशनले आगामी रोटरी वर्ष २०२५/२६ का लागि सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको अधिवेशनले सर्वसम्मत रूपमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा निकेश प्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर, तथा Sgt-at-Arms मा शुरेस कुमार ध्वजु चयन भएका छन्। क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रिना पौडेल तथा निर्देशकहरूमा विकास कुमार श्रेष्ठ, चित्र बहादुर गुरुङ, सन्तोष भण्डारी, प्रीति पाण्डे र बबिन नेपाली चयन भएका छन्।

यस्तै, क्लब प्रशासन संयोजकमा इश्वरप्रसाद कर्माचार्य, क्लब सर्भिस संयोजकमा तोयबहादुर भट्टराई, क्लब पब्लिक इमेज संयोजकमा लक्की कार्की क्षेत्री, रोटरी फाउण्डेसन संयोजकमा रामप्रसाद वस्ताकोटी तथा युवा सेवा संयोजकमा युवराज लामिछाने चयन भएका छन्। निर्वाचन संयोजक तोयबहादुर भट्टराईले सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष सइन्द्रराज श्रेष्ठ ले क्लबमार्फत समाज केन्द्रित परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू अघि बढाइने बताए।

रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखराका विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ। नयाँ नेतृत्वको कार्यकालमा क्लबका क्रियाकलापहरू अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्