लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसको चार्टर डे सेलेब्रेशन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसले आफ्नो पहिलो वार्षिकोत्सव (चार्टर डे) काठमाडौंको गोंगबुस्थित हिमालयन वृद्धाश्रममा विशेष कार्यक्रम आयोजना गर्दै मनायो। यस अवसरमा, क्लबले ५५ जना वृद्धवृद्धाहरुलाई भोजन सेवा प्रदान गरेर सम्मान प्रकट गर्‍यो।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली, पिआरओ इन चिफ लायन रामराजा थापा, कम्युनिकेसन चिफ लायन अमरज्योति रञ्जित, जिएमटी कोअर्डिनेटर लायन अक्ष कुमार गौतम, डिष्ट्रिक्ट चिफ लायन पुरुषोत्तम बस्नेत, बागमती एरिया सेक्रेटरी लायन सन्तोष घिमिरे, रिजन चियरपर्सन र क्लबका चार्टर प्रेसिडेन्ट लायन रोशनकुमार श्रेष्ठ, जोन चियरपर्सन लायन निरन्जन रिसाल लगायतका सम्माननीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य वृद्धाश्रममा रहेका बृद्धा-बृद्धाहरूसँग समय बिताउँदै उनीहरूको अवस्था बुझ्नु र सन्देश दिनु थियो। क्लबका प्रेसिडेन्ट लायन बिकल श्रेष्ठले क्लबको सामाजिक उत्तरदायित्व र समर्पणका बारेमा सन्देश दिए। यस कार्यक्रमले समाजका अन्य क्षेत्रका व्यक्तिहरूसँगको सहयोग र समन्वयलाई थप सुदृढ बनाएको छ।

लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसले भविष्यमा यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ। संस्थाले वृद्धाश्रमसँगको समन्वय बढाउँदै, विशेषगरी वृद्धावस्था र गरिबीका अवस्थामा रहेका व्यक्तिहरूको सेवा गर्ने कामलाई प्राथमिकता दिनेछ।

यसैगरी, क्लबले समाजमा सेवा र सहयोगका लागि आफ्ना सदस्यहरूको क्षमता र प्रयासलाई अझ धेरै सशक्त बनाउन काम गर्ने प्रतिबद्धता जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्