कास्की प्रहरीद्वारा फेवातालमा छड्के अनुगमन, मापसे गर्ने डुङ्गाचालक नियन्त्रणमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको उपस्थितिमा अनुगमन गरिएको हो ।प्रहरी प्रमुख ओलियाले पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगर्ने गरेको भन्ने लगायतका गुनासो आएपछि अनुगमन गरिएको बताए ।

यथार्थ के हो भन्ने बारेमा जान्नका लागि संयुक्त रुपमा अनुगमन गरेर मापसे चेक गरिएको उनले खुलाए । बाराही घाट र फिस्टेल गेटमा रहेका डुङ्गा चालकलाई मापसे चेक गर्दा एकजना चालक मापसे गरेको अवस्थामा भेटिएका थिए ।

मापसे गरेर डुङ्गा चलाउन हुने रहेनछ भन्नेमा सजग गराउनको लागि यो कार्य गरिएको उने प्रष्ट पारे । अनुगमनका क्रममा भेटिएका मापसे गर्ने डुङ्गाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही अगाडि बढाउने उनको भनाइ छ । यो अनुगमन कार्य निरन्तर रहने कास्कीका प्रहरी प्रमुख ओलियाले जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्