
पोखरा । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच पोखरा महानगरपालिका वडानम्बर ४ वडाध्यक्ष देवकृष्ण पराजुली, नविन माविका प्रधानाध्यापक शिरोमणी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्त प्रसाद पराजुली र जि एण्ड केका संचालक राजन पन्थीले विद्यार्थीलाई पोशाक वितरण गरे ।
५० विद्यार्थीले सिलाई पछि तयारी कपडा निशुल्क पाउने छन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले सरकारी विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई प्रोत्साहनको खाँचो रहेको बताए ।
शैक्षिक परामर्श दिने संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत पोशाक सहयोग गरेकोमा अध्यक्ष पराजुलीले आभार व्यक्त गरे ।
सरकारी विद्यालयमा अध्यन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकले पनि चासो दिनुपर्ने पराजुलीको भनाई थियो ।विद्यालयका प्रधानाध्यापक शिरोमणी लामिछानेले विद्यालयमा सामान्य परिवारका बालबालिका अध्यन गर्ने भएकाले न्युनतम आवश्यकता पुरा गर्न कठिन हुने बताए ।
विद्यालय पोशाक निशुल्क प्राप्त गरे पछि अभिभावकले पनि अन्य आवश्यकतामा लगानी गर्न पाउने र यसले शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने बताए ।जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टका संचालक राजन पन्थीले संस्थाले विगतमा पनि सामाजिक कार्य गदै आएको र यस पटक पनि सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकालाई पोशाक वितरण कार्यक्रम राखिएको बताए ।
यसले पठनपाठनमा सहयोग पुग्ने छ भन्ने आशा लिएका छौँ । अभिभावकलाई सहायता प्रदान गर्ने र विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर पोशाक वितरण गरिएको पन्थीको भनाई थियो । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले फागुन १४ गते वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदनन विशेष कार्यक्रम गदैँछ ।