फेवाताल किनारका फोटोग्राफरसँग अन्तरक्रिया

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवाताल किनार फोटोग्राफी व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले फेवा ताल किनारमा रहेको फुटट्रयाक क्षेत्रमा केही व्यक्तिहरुले वडाको स्वीकृत बिना फोटो खिच्ने व्याबसाय गर्दै आईरहेको हुँदा त्यस कार्यलाई ब्यवस्थित बनाउँनको लागि वडा कार्यालयमा अनिबार्य दर्ता गराउने, आईडी कार्डको ब्यवस्था गर्ने र सेवाग्राहीले भने भन्दा धेरै फोटो खिचेर पैसा माग्ने, दुव्र्यवहार गर्ने व्यबसायीहरुलाई फोटोको दुरुपयोग तथा सामाजिक सञ्जालमा पठाउँदा ध्यान दिनु पर्ने कुरा र फोटो खिच्दा अनुमति लिएर मात्रै खिच्न अनुरोध गर्नुभयो । उहाँले फोटोको मुल्यभन्दा बढि पैसा नलिने, आ–आफ्नो कार्यप्रति अनुशासित वन्न सजग गराउनु गराउँदै यदि कानुन विपरीत कार्य गरेमा कानुनी कार्वाहिको दायरामा ल्याउने बताउनु भयो ।

कार्यक्रमको बिषयबस्तुमा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले निर्देशन दिनुभएको थियो भने उक्त कार्यक्रममा युवा परिषद पोखरा ६ का अध्यक्ष डिफन भुजेल, फोटोग्राफर डोल प्रसाद परियार, सामुदायिक सेवा केन्द्र बैदामका सदस्य रविन अधिकारी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु प्रहरी लगायत सामुदायिक प्रहरी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।

संस्थाका अध्यक्षम अध्यक्ष ठाकुर प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शान्ता सुवेदी तिमिल्सिनाले गर्नुभएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्