
पाेखरा । १ सय ७ वर्ष पूरा भई १ सय ८ वर्ष लागेका
रामबहादुर क्षेत्रीलाई क्षेत्री समाज नेपाल पाेखरा ५ ले सम्मान गरकाे छ । उनकाे जन्माेत्सवकाे अवसर पारेर समाजले शुक्रवार दाेसल्लाले सम्मान गरेकाे हाे ।
कार्यक्रममा क्षेत्री समाज नेपाल पाेखराका अध्यक्ष प्रेम के.सी.ले उनकाे योगदानप्रति सम्मान प्रकट गर्दै स्वास्थ जीवनको कामना गरे ।
कास्की जिल्लाको साबिक सल्यान, हाल अन्नपूर्ण गाउँपालिका–४ मा जन्मिएर पाेखरा ५ मा बस्दै आएका रामबहादुर भारतीय सेना (इन्डियन आर्मी)का पूर्व सैनिक हुन् ।
सम्मानपछि उनले समाजलाई धन्यवाद दिदै समाजसेवी समेत रहेका उनले जीवन अनुभव र समाजप्रतिको प्रेमबारे प्रेरणादायी अनुभव सुनाएका थिए ।
सम्मान कार्यक्रममा क्षत्री समाजका कार्यसमिति सदस्यहरुकाे उल्लेख्य सहभागीता रहेको थियो ।