
पोखरा । गुणस्तरीय दन्त सेवा प्रदान गर्दै आएको कान्तिपुर डेन्टल अस्पतालले आफ्नो २५औं रजत जयन्ती भव्य रूपमा मनाएको छ।
रजत जयन्तीको अवसरमा, अस्पतालले माघ महिनाभरि विभिन्न सेवामा साधारण उपचारमा ३०%, विशेष उपचारमा २०%, र एक्स-रे सेवाहरू (RVG, CBCT, OPG) मा १०% छुट प्रदान गरिनुका साथै दन्त परीक्षण तथा परामर्श निःशुल्क गरिएको थियो। यस अभियानबाट हजारौं बिरामी लाभान्वित भएका छन्।
कान्तिपुर डेन्टल अस्पतालले विगत २५ वर्षमा आधुनिक प्रविधिसहितको दन्त उपचारलाई सहज र प्रभावकारी बनाउँदै आएको छ। भविष्यमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै नेपालकै अग्रणी दन्त अस्पताल बन्ने लक्ष्य अस्पतालको रहेको छ।
अस्पतालका प्रमुख सञ्चालक प्रतिक श्रेष्ठको नेतृत्वमा कान्तिपुर डेन्टलले आधुनिक प्रविधि र अनुभवी चिकित्सकहरूको सहयोगमा सर्वसुलभ र उत्कृष्ट दन्त सेवा उपलब्ध गराउँदै आइरहेको छ। रजत जयन्तीको यो ऐतिहासिक अवसरले अस्पताल परिवारलाई अझ उत्साहित बनाएको छ।
माघ २५ गते विशेष कार्यक्रममा संस्थापक तथा प्रमुख सञ्चालक प्रतिक श्रेष्ठले अस्पतालको यात्रा, सेवाको विस्तार, र आगामी योजनाबारे चर्चा गरे ।
सेवाको निरन्तरता, प्रविधिको अद्यावधिकता, र बिरामी केन्द्रित दृष्टिकोणसहित कान्तिपुर डेन्टल अस्पतालले भविष्यमा पनि उत्कृष्ट दन्त सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।