
पाेखरा ।
शुभ अवसर ग्राम नेपालले पाेखरा २५ हेमजामा स्थापना गरेको व्यवसायिक तालिम केन्द्रको उद्घाघाटन गरिएकाे छ ।
महिला तथा किशोरीहरुको व्यवसायिक सिप विकास गर्ने उद्देश्यले स्थापना गरेकाे तालिम केन्द्रकाे पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरेकी हुन् ।
क्रार्यक्रममा बाेल्दै गुरुङले महानगर र शुभ अवसरग्रामकाे सहकार्य रहेकाे बताउँदै लक्षित वर्ग कार्यक्रम अन्तर्गत महिला तथा किशोरीहरुले व्यवसाय सञ्चालन गर्न ऋण प्राप्त गर्न सक्ने जानकारी समेत दिईन् । उपप्रमुख गुरुङले तालिम केन्द्रको सफलता सञ्चालनका लागि शुभकामना व्यक्त गरिन् ।
पाेखरा महानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले दात्री निकायले तालिम केन्द्र स्थापना गर्नका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा पाेखरा २५ की वडा सदस्य तथा कार्यवाहक अध्यक्ष तारा विश्वकर्माले विगतमा आफुले पनि संस्थाबाट झोलसाबुन बनाउने तालिम लिएको स्मरण गर्दै अहिले सुविधा सम्पन्न तालिम केन्द्र नै स्थापना भएकोमा खुसी व्यक्त गरिन् । उनले तालिम केन्द्रले महिलाहरुलाई सीप प्रदान गरी आर्थिक सशक्तिकरण गर्न ठुलो योगदान दिने बताईन् ।
मिलिजुली आमा समूहकी अध्यक्ष सकुन्तला पहारीले पनि आफुले विगतमा संस्थाबाट प्राप्त तालिमकाे सदुपयाेग गर्दै अहिले झोला साबुन उत्पादन गरि आयआर्जन गर्ने गरेको बताइन् ।
फ्रान्सको भिलेज अन्डर स्टार नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आर्थिक सहयोग स्थापना भएकाे तालिम केन्द्रले ३ महिने कम्पुटर तालिम र ६ महिने सिलाइ कटाई र ब्युटी पार्लरको आवश्यकताअनुसार तालिम प्रदान गर्ने गर्ने गर्छ ।
तालिम केन्द्रले वर्षमा ७० जनालाई कम्पुटर , २० जना सिलाइ कटाई र १० जना लाइ ब्युटी पार्लरको तालिम प्रदान गर्ने जनाएकाे छ ।