
पोखरा । शारिरिक रुपले कमजोर भएका ब्यत्तिको आत्मसन्मानका लागि दया मायाको भावना भन्दा पनि अवसरको खाचो रहेको आईतवार पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेत्रहिन किक्रेट संघ नेपालको आर्थीक सहयोग र नेत्रहिन क्रिकेट संघ कास्कीको संयाजनमा अभिभावक,शिक्षक र स्कुल समुदायका विच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएकाहरुका लागि खेलकुदमा जोड्न सकियो भने शारिरिक रुप देखि मानसिक रुपमा पनि नखरता आउने सुझाव राखेका हुन् ।
कार्यक्रममा वोल्दै गण्डकी प्रदेशकी सभासद सुनिता थापाले अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण नै विभिदकारी भएकाले यसलाई निती गत रुपमा नै ऐन कानुन वनाएर सबै प्रकारका अपाङ्गताको अधिकार स्थापितका लागि प्रदेश सरकारले मसौदा तयार पारेकाले यसमा के थप घट गर्न सकिन्छ भन्ने वारेमा आफु सचेत रहेको वताएकी थिईन ।
सोही अवसरमा अपाङ्गता महासंघ नेपालका केन्द्रिय सदस्य रमेश पोखरेलले दृष्टि विहिन भएका ब्यत्तिलाई किक्रेटमा समावेस गराए पछि करिव एक हजार भन्दा वढि खेलाडी उत्पादन गर्न सकिएको र पिडी र सिडि कुरेर वस्नेहरुलाई जाहाजमा राखेर अन्तराष्ट्रिय स्तरका खेलकुदमा सहभागी गराउन सकिएकोमा खुसी ब्यत्त गरेका थिए ।
कार्यक्रममा अपाङ्गताका क्षेत्रमा काम गर्दै आउनु भएका सञ्जय सिग्देल अपाङ्गता भएका ब्यक्ति खेलकुदमा आएका उनिहरुको मानसिक रुपमा वलियो भएकाले किक्रेटको साथमा अन्य खेलकुदहरुमा पनि जोड्न सकिने धारणा राखेका थिए ।
नेत्रहिन किक्रेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महासाखाका अधिकृत अर्जुन पौडेल,अमंरसिह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोईराला,कुडहर प्राविका प्रधानाध्यापक नन्द किसोर वराल,अभिभावहरुको तर्फबाट सुसिल गोदार लगाएतले अपाङ्ग भएकाहरुको उत्थानका लागि राज्य जिम्मेवारी हुनुपर्ने सुझाव राखेका छन् ।
नेत्रहिन किक्रेट संघ नेपालका महासचिव अमृत वरालले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन नेत्रहिन किक्रेट संघ नेपालका सचिव निलकण्ठ तिमिल्सेना गरेका थिए भने नेत्रहिन किक्रेट संघ कास्कीका अध्यक्ष प्रमोद दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।