८८३ ओैं कालु थापा जन्मजयन्ती पोखरा २१ बक्रेकमा मनाईयाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।आत्रेय गोत्री बगाले थापा बन्धु कुल पूजा समिति पोखरा २१ बक्रेकममा ८८३ ओैं कालु थापा जन्मजयन्ती मनाईएकाे छ । साे अवसरमा बक्रेक कुल मन्दिर प्राङ्गणमा निर्माण गरिएकाे मुल पुरुष कालु थापाको अर्ध कदको सालिक अनावरण गरिएकाे छ ।

उक्त कार्यक्रमका अध्यक्ष , बक्रेक बगाले थापा कुल मन्दिर व्यवस्थापन समितीका अध्यक्ष एवं बगाले थापा जिल्ला कार्यसमिती कास्कीका संस्थापक अध्यक्ष मनबहादुर थापाले मुल पुरुष कालु थापाको शालिक मन्दिर परिसरमा स्थापना गर्न पाउँदा खुशि लागेको बताए ।

उनले पुर्खाहरुको विरासतलाई भावी सन्ततिहरुसम्म चिनाउनको लागि यो सालिक र अब यहाँ निर्माण हुने पार्कले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उक्त कार्यक्रममा बक्रेकमा कुल मन्दिर स्थापनाको लागि महत्वपुर्ण योगदान गर्नु हुने गुप्त बहादुर थापा क्षेत्रीलाई विशेष सम्मान गरिएकाे थियाे ।

साथै नरबहादुर थापा, रामचन्द्र थापा र लोक बहादुर थापालाई जेष्ठ नागरिक सम्मान एवं मन्दिर परिसर निर्माण तर्फ सहयोग गर्नु हुने दिपक निर्माण फमका प्रोपाईटर दिपेन्द्र राज आचार्य तथा समितीका सदस्य राजेन्द्र बहादुर थापा ‘कालू’ लाई सम्मान गरिएको थियो।

कार्यक्रममा वगाले थापा जिल्ला कार्यसमिती कास्कीका निवर्तमान अध्यक्ष कृष्ण बहादुर थापा (रुपा गाउपालिका), महासचिव सु. मोहन बहादुर थापा( पोखरा ३३)  सल्लाहकार दिपक थापा (पोखरा १०), सचिव चित्रबहादुर थापा (पोखरा १६) लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रमा स्वागत मन्तव्य बक्रेक कुल मन्दिरका महासचिव हस्तबहादुर थापाले राखेका थिए भने कार्यक्रमको सन्चालन कुल मन्दिर आर्थिक व्यवस्थापन समितीका संयोजक राजेन्द्र थापाले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्