
पाेखरा ।
पाेखरा २५ हेमजामा आगामी शनिवार बृहत रक्तदान कार्यक्रम हुने भएकाे छ । किसान बहुउद्देश्यीय सहकारी संस्था हेमजा, हेमजा युनाइटेड र देवीस्थान सेवा समाज हेमजाकाे संयुक्त आयाेजनामा रक्तदान कार्यक्रम हुने भएकाे हाे ।
किसान बहुउद्देश्यीय सहकारी संस्था हेमजाकाे रजत जयन्तीकाे अवसरमा पाेखरा २५ हेमजा मिलनचाेकमा हुने रक्तदान कार्यक्रममा अहिलेसम्म ५० जनाभन्दा बढिले रक्तदान गर्ने जनाएका छन्।
अरूको जीवन बचाउन मद्दत गर्ने महत्वपूर्ण र मानवीय कार्य भएकाेले रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
उनले भने-‘कसैकाे जीवन बचाउन, रगतको अभाव पूर्ति गर्न, स्वास्थ्य परीक्षण गर्न, नयाँ रगत निर्माण गर्न साथै सामाजिक उत्तरदायित्व समेत भएकाेले हामीले रक्तदान कार्यक्रमकाे आयाेजना गरेका हाै ।’ हेमजा युनाइटेडले वार्षिक कार्यतालिका अनुसार नै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएकाे उनकाे भनाई छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल रेडक्रस साेसाइटी कास्की शाखाकाे प्राविधिक सहयाेग हुने कार्यक्रममा रेडियाे हेमजा, सिटीपाेखरा डटकम, अन्नपूर्णखवर डटकम , मर्दीसेति डटकम, राष्ट्रन्यूज डटकम र समयदृष्टि डटकम मिडिया सहयाेगी रहेका छन् ।