
पाेखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका कमिटीले आफ्नो कार्यालय भवन निर्माण अभियान अन्तर्गत र भवन शिलान्यास गरेकाे छ ।
पार्टीका पुराना नेता, भुमिगत कालका सेल्टरदाता, जेष्ठ कम्युनिस्ट भागिरथ दवाडीकाे बाहुलिबाट भवनकाे शिलान्यास गरिएकाे हाे ।
गाउँपालिका कमिटी, वडा कमिटी र जनसंगठनका अध्यक्ष लगायतका नेताकाे उपस्थिति रहेका भबन शिलन्यास कार्यक्रममा भवन निर्माणको लागि धेरै नेता हरूले सहयोग रकम उपलब्ध गराउने घोषणा गरि सकेका छन् ।
भवन निर्माण तथा जग्गा व्यवस्थापन कार्यमा महत्त्वपूर्ण भुमिका खेल्ने नेताहरूलाई उच्च सम्मान र आभार व्यक्त गर्दै आगामी दिनमा रकम सहयोगमा जुटि गाउँपालिका कमिटीको आयोजनामा बन्न लागेको भवन सम्पन्न गर्न विभिन्न तह र तप्कामा रहेका नेकपा (एमाले ) का कार्यकर्ता तथा शुभेच्छुकहरुसग गाउँपालिका कमिटीले सहयोगको अपेक्षा गरेेकाे छ ।
कार्यक्रममा पार्टी केन्द्रिय सल्लाहकार परिषदका सदस्य तथा कास्की ३(१) का प्रदेश सभा सदस्य माननीय गणेशमान गुरुङ, विशेष अतिथि प्रदेश कमिटी सदस्य जगन्नाथ बास्तोला, सम बहादुर गुरुङ र मिम बहादुर बिश्वकर्मा, पार्टीका प्रदेश सल्लाहकार परिषद सदस्य नन्दलाल अधिकारी , कर्ण बहादुर गुरुङ, महेश्वर पोख्रेल ,जिल्ला कमिटी सदस्य तथा पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा स्ववियु अध्यक्ष बिष्णु पोख्रेल, स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको समेत उपस्थित रहेकाे थियाे ।
भवन शिलान्यास कार्यक्रमको अध्यक्षता पालिका कमिटी अध्यक्ष बिक्रम गुरुङले गरेका थिए भने कार्यक्रम संचालन कमिटीका सचीव ऋषि गौतमले गरेका थिए ।