
पाेखरा । पाेखरा २५ हेमजाकाे मिलनचाेकमा शनिबार भएकाे रक्तदान कार्यक्रममा १ सय ४ युनिट रगत संकलन भएकाे छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीकाे अवसरमा
किसान बहुउद्देश्यीय सहकारी संस्था, हेमजा युनाइटेड र देवीस्थान सेवा समाजद्वारा संयुक्त रूपमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं पाेखरा वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले रगतको महत्वबारे जानकारी गराए ।
सामाजिक काममा विभिन्न संस्थाको एकबद्धता निकै राम्रो काम भएको र यस्ता सामाजिक काममा वडाले सहकार्य गर्ने उनकाे प्रतिबद्धता छ ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न.२५ सदस्य धनकुमारी पोखरेल तिम्सिना, नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालका अध्यक्ष दीपेन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सभापति नेत्रपाणी भण्डारी र महिला सञ्जाल हेमजाका अध्यक्ष अप्सरा तिम्सिनाले बाेलेका थिए ।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालको प्राविधिक सहयोग गरेका थिए ।
हेमजा युनाइटेड एवं देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले कार्यक्रमको बारेमा प्रकाश पारेकाे कार्यक्रमका स्वागत देवीस्थान सेवा समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलले गरेकी थिईन् ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक झकनाथ तिम्सिनाले गरेका थिए ।