
पाेखरा । पाेखरा ३ नदीपुरमा रहेकाे प्रतिभा माविले अभिभावक तथा शिक्षकहरुबिच भेटघाट कार्यक्रम गरेकाे छ । नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरु र शिक्षिक/शिक्षिकाहरुसँग विद्यालयमा नै सो कार्यक्रम गरिएको हो ।
विद्यालयका प्राचार्य किरण सापकाेटाले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नुका साथै अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासालाई सहजीकरण गरेका थिए ।
प्राचार्य सापकाेटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जाेड दिएकाे बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने उनकाे भनाई छ । उनले सबै बालबालिकाकाे सिक्ने क्षमता एकै किसिमकाे नहुने हुनाले आफ्नाे बच्चालाई अरुसँग तुलना गर्न नहुने बताए ।
कार्यक्रममा सिपिएस / सिपिआरएस काेअर्डिनेटर निर्मला सुवेदीले सिपिएस / सिपिआरएस विधिकाे बारेमा अभिभावकहरुलाई प्रष्ट पारिन् । विद्यालयले बालबालिकाकाे सर्वाङ्गिण विकास गर्ने उद्देश्यले साे विधिबाट अध्यापन गराउने गरेकाे उनकाे भनाई छ ।
कार्यक्रममा विद्यालयले अभिभावकबाट गरेका अपेक्षा र अभिभावकहरुले पनि विद्यालयबाट गरेका अपेक्षाहरुबिच छलफल भएकाे थियाे । उपस्थित अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले आआफ्नो ठाउँबाट कर्तव्यबोध गरि बालबालिकाहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा अभिभावकहरुविचमा क्विज तथा विभिन्न खेलहरु सञ्चालन गरिएकाे थियाे भने विजेता अभिभावकलाई पुरस्कृत समेत गरिएकाे थियाे ।
शिक्षिकाहरुले नृत्यसँगै स्वागत तथा विदाई गित गाएका थिए भने बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । बालबालिकालाई अभिभावक र विद्यालयमा कस्ताे वातावरण चाहिन्छ भन्ने जानकारीमुलक नाटक पनि कार्यक्रममा मञ्चन गरिएकाे थियाे भने शिक्षिका मिना रानाभाटले कविता वाचन समेत गरेकी थिईन् ।
शिक्षिकाद्वय शैली ताम्राकार र रभिना थापाले सञ्चालन गरेकाे कार्यक्रमको स्वागत विद्यालयका सह-प्राचार्य प्रदिप खनाल र धन्यवाद ज्ञापन फाईनान्स डिरेक्टर विश्वगाेपाल पराजुलीले गरेका थिए ।