
पोखरा । पोखरा महानगरपालिका-१, बगरस्थित संस्कृत माविमा पढ्ने १२ वर्षीया पूर्णिमा तामाङ शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएकी छन्।
पोखरा-१, सिम्पानी निवासी पूर्णिमाका बुबा भीमबहादुर तामाङले ६ दिनसम्म खोजी गर्दा पनि छोरी फेला नपरेको बताए। उनले वडा प्रहरी कार्यालय बगरमा सहयोग माग्दा प्रहरीले नदिपुर प्रहरी विटमा पठाएको र पर्याप्त सहयोग नपाएको गुनासो गरे।
पूर्णिमालाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ र ९८१९१०७०४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।