आगलागी र असुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । देशभर चर्किएको आन्दोलन र गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेका आगलागीका घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सुरक्षासम्बन्धी परिस्थिति हवाई आवागमनका लागि प्रतिकूल बन्दै गएपछि आकासमा रहेका जहाजलाई सुरक्षित अवतरण गराई बाँकी सबै उडान रद्द गरिएको हो।

विमानस्थल वरिपरि सुरक्षा चुनौती बढेपछि नेपाली सेनाले नियन्त्रण लिएर सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्