
काठमाडौं । भदौ २३–२५ गतेको प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारीसाधन, असबाब र अन्य भौतिक सामग्री नियन्त्रणमा लिएको वा फेला परेको भए नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा बुझाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
यसका लागि टोल–फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोशाक दुरुपयोग नगर्न र त्यससम्बन्धी सूचना उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।