जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्मानमा बुधबार सार्वजनिक बिदा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्न बुधबार (असोज १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक मनाइने र त्यस दिन सार्वजनिक बिदा रहने जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानस्वरूप असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ र राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” भनिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्