गायत्री चेतना केन्द्रका साधक साधिकाहरुद्वारा मनाङका बाढी पहिराे पिडितलाई सहयाेग

  • ख-
  • ख+

पाेखरा ।
गायत्री चेतना केन्द्र नेपालका साधक साधिकाहरुले मनाङका बाढी पहिराे पिडितका लागि सहयाेग गरेका छन् । साधक साधिकाहरुबाट संकलित ६० हजार रुपैयाँ
मनाङका बाढी पहिराे पिडितका लागि सहयाेग गरेका हुन् ।

संकलित रकम पाेखरा स्थित गायत्री शक्ति पिठका प्रमुख विश्वप्रेम ढकालले गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजीव गुरुङ ( दीपक मनाङे ) लाई अाज एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले मन्त्री गुरुङले मनाङका बाढी पिडितका लागि तत्काल आवश्यकता पर्ने वस्तु खरिद गरी उपलव्ध गराउने मन्त्रीका विशेष सहयाेगी राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्