पाेखरा २२ स्थित माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना,१६ वर्षीय युवक घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्की जिल्ला पोखरा–२२ माछापुच्छ्रे भ्यूपोइन्टमा शनिबार बिहान एक स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–२ निवासी १६ वर्षीय सुमिन गुरुङ घाइते भएका छन्।

प्रहरीका अनुसार गा २६ प १९४५ नम्बरको स्कुटर पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको बेला सडक छेउको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते गुरुङलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि पोखरा मेट्रो सिटी अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनको खुट्टा र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार स्कुटर तीव्र गतिमा हुँदा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्