तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछार/ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

ल्होछार/ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछार/ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्