फेवातालमा कार खस्दा एक युवककाे मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
कास्कीको पोखरा महानगरपालिका–६ पामे (गैह्राको चौतारा नजिक) स्थित फेवातालमा कार खस्दा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पाेखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन् ।

आज बिहान करिब २:१० बजे BAA 1582 नम्बरको कारका चालकले सवारी साधनको नियन्त्रण गुमाउँदा गाडी फेवातालमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट स.प्र.उ. बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको टोली (गोताखोर DM सहित) घटनास्थलमा खटिएको थियो।

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकाेमा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

दुर्घटनाग्रस्त सवारी साधनलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्