पाेखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा पत्रकार तथा सम्मालाई पुरस्कार र सम्मान अर्पण गरिएकाे छ।
महासंघ कास्कीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा संस्थालाई प्रदान गरिने पोखरा पत्रकारिता सम्मानअन्तर्गत २०८१ बाट पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा क्लबलाई सम्मान गरेकाे छ ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल युनाइटेड खबर अनलाइनमा आवद्ध छन् । उनलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिए काे हाे । सहारा क्लबलाई भने सम्मानपत्रले सम्मान गरिएकाे छ ।
यसैगरी समाधान राष्ट्रिय दैनिकका समाचार सम्पादक फडिन्द्र अधिकारी ‘अकिञ्चन’ लाई स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ द्वारा पुरस्कृत भएका छन् ।
२२ वर्षअघि हाम्रो अभिमत मासिकबाट पत्रकारिता सुरु गरेका अधिकारी हाल समाधान र गोरखापत्र दैनिकमा आवद्ध छन् ।
त्यसैगरी, स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी पनि पुरस्कृत भएका छन् । प्रेस क्लब गण्डकीका अध्यक्षसमेत रहेका गिरी हाल सफल न्यूजमा आवद्ध छन् । उक्त पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मान गरेका हुन् ।








