सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल, महासचिवमा उमा आले

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन्। आज पोखरामा सम्पन्न सातौँ महाधिवेशनले कडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भएका छन्। यसैगरी सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन्।

सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापा मगर निर्वाचित भएका छन्।

महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष बसन्ती बास्तोला, महासचिव जमुना वर्षा शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल तथा सञ्चारिका समूह गण्डकीकी पूर्व अध्यक्ष स्मिता अधिकारी लगायतले धारणा राख्नुभएको थियो।

सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन कोषाध्यक्ष उमा आले मगरले गर्नुभएको थियो। महासचिव र कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्