पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

कास्की । पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना व्यक्तिलाई प्रहरीले ६३ हजार रुपैयाँ नगद सहित पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट रु. ६३,३२० नगद र ४ बुक तास बरामद गरेको जनाएको छ।

साेमबार साँझ करिब ६ बजेको समयमा प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणमा कडाइ गरिने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्