मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा विष्णु श्रेष्ठ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा बिष्णु श्रेष्ठ निर्वाचित भएकी छन् । संस्थाकाे हालै सम्पन्न चाैथाैं साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।

‎नवनिर्वाचित समितिकाे उपाध्यक्षमा सकुन्तला के.सी., सचिवमा रुपाकला गुरुङ, कोषाध्यक्षमा सुशिला तिवारी निर्वाचित भएका छन्।
‎ कार्यसमितिको सदस्यहरूमा सरस्वती कार्की, रिना शर्मा रेग्मी,  तारा परियार, कल्पनाकुमारी पाैडेल, लक्ष्मी अधिकारी र सुशिला घिमिरे चयन भएका छन्।

‎कार्यक्रममा पूर्व अध्यक्ष प्रमिला तझ्या, निवर्तमान अध्यक्ष जुना के.सी. प्रदेश अध्यक्ष मिना अधिकारी तथा प्रदेश अधिवक्ता सवनम शर्माकाे विशेष उपस्थिति रहेकाे थियाे ।

‎अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्दै एकल महिलाको हकहित संरक्षण, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण तथा सामाजिक न्यायका पक्षमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवगठित कार्यसमितिले संस्थालाई थप प्रभावकारी र गतिशील बनाउँदै एकल महिलाका आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्