विश्व शान्ति स्तुपा खुला, समितिद्वारा श्रद्वाञ्जली पूजा सम्पन्न

  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा । कोभिड–१९ का कारण झण्डै ६ महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय स्थल विश्व शान्ति स्तूपा साेमवारदेखि खुला गरिएको छ ।

स्तूपा समितिले विधिवत रुपमा विशेष पूजा अर्चना गरेर स्तुपा खुला गरेकाे हो ।    

यसैविच समितिले  साेमवार नै श्रद्वान्जली पूजा सम्पन्न गरेकाे छ । स्तुपाकाे निर्माण तथा संरक्षणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयाेग पुर्याएका तथा उनीहरुकाे परिवारका सदस्यहरुकाे मृत्यु भएका व्यक्तिहरुकाे सम्झनामा मृतआत्माकाे चिरशान्तिकाे कामना गर्दै समितिले श्रद्वाञ्जली पूजा गरेकाे हाे ।

यस वर्ष मृत्यु हुनेहरुमा कृष्णमान गुभाजु (पूर्व सचिव), अशाेकमान बुद्वचार्य (काेषाध्यक्ष)
सहयाेगी दाताहरु शेरमान वुद्वचार्य, इ.लेखबहादुर गुरुङ, सुवर्णकुमार वज्राचार्य, हरिश गुरुङ,सतमाया उदास, मुक्तिलाल शाक्य, गंगादेवी गाैचन, दुधमान उदास, राेशनमान बज्रचार्य, सुर्वण वज्रचार्य , उषा बज्रचार्य, सन्ध्या क्षेत्री रहेका छन् ।

कार्यक्रममा बाेल्दै समितिका अध्यक्ष उत्तम वज्रचार्यले सहयाेगी दाताहरुकाे अतुलनिय याेगदानकाे चर्चा गरेका थिए ।

साेहि कार्यकममा बाेल्दै स्तुपाका डिजानर  स्व. इ.लेखबहादुर गुरुङका छाेरा अम्मर गुरुङले  स्तुपाकाे संरक्षण र सम्वद्वनकाे लागि आफुहरु सधैं बुवाकाे बाटाे लाग्ने बताए।

पोखरा महानगरपालिका–२२ स्थित अनदुडाँडामा रहेको विश्व शान्ति स्तुपा करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।    

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्